ट्रेन्डीङ्ग

नेकपा,उदयपुरद्दारा माक्र्स सेनिटाईजर वितरण

मुक्ति गैरे,०७८ जेठ १३ ,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी उदयपुरले अाज काेभिड १९ महामारीकाे विरुद्धकाे जनचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माक्स,सेनिटाईजर समेत वितरण गरेको छ ।
उदयपुरगढी गाउँपालिकाकाे वडा नं. १ मा रहेको ३५ वटा घरपरिवारमा पुगे घरका प्रत्येक सदस्यहरुलाई अनिवार्य एक व्यक्ति एक माक्स,एक घर सेनिटाईजर वितरण गरेको छ ।
यस्तै कटारी नगरपालिकाकाे वडा नं.४ मा ७५ वटा घर परिवारमा पुगेर उक्त वितरण कार्य सम्पन्न भएको छ । यस वितरण कार्यमा नेपाल कम्युनिस्ट पार्टीका उदयपुर र अाेखलढुङ्गा ईन्चार्ज विवेक कुमालकाे उपस्थितिमा उदयपुर जिल्ला सेक्रेटरी लक्षण पाैडेल स्थानीय नेताहरू लाल बहादुर खत्री,पुर्ण बहादुर कटुवा,चन्द्र बहादुर बराल माेहन मगर लगायतको उपस्थितिमा याे जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?