ट्रेन्डीङ्ग

नि:शुल्क घरघरै संक्रमितको पि.सि.आर जाच गर्दै मर्स्याङ्दी गाउपालिका

जेठ १३ लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठित स्वास्थ्यकर्मीहरुको कोभिड प्राबिधिक टोलि मार्फत गाउँपालिकाको बिभिन्न दुर्गम स्थानहरुमा समेत पुगेर स्वाब संकलन गरिदै आइएको कुरा मर्स्याङ्दी गाउँपालिका कोभिड प्राबिधिक टोलिका जनस्वास्थ्य निरिक्षक आशिष परियारले जानकारी दिनुभएको छ।

गाउँपालिकामा तिब्र रुपमा पहिचान भइरहेका कोभिड केशको अनुगमन तथा होम आइसोलेसनमा रहेकाहरुको जानकारी लिने तथा परामर्श गर्ने कार्य यसै गाउँपालिकामा स्थापना गरिएको मर्स्याङ्दी कोभिड अस्पतालबाट गरिंदै आएको छ । साथै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ नै अग्रसर भएर यश कार्यमा प्राबिधिक टोलिलाई उत्साह दिने तथा स्वास्थ्यकर्मीहरु सहितको टोलिद्वारा गरिंदै आएको घरभेट तथा स्वास्थ्य परामर्श कार्यक्रम मार्फत संक्रमितहरुको मनोबल बढाउने कार्य गरिरहनु भएको छ ।

यसका साथसाथै मर्स्याङ्दी गाउँपालिकामा १ बर्ष अगाडि नै अक्सिजन सहितको ५ बेडको कोभिड अस्पताल स्थापना गरिएको र यस अस्पतालबाट आकस्मिक अवस्थामा बिरामीको उद्दार तथा ब्यवस्थापन, प्रेषण , आइसोलेसनमा बसेका ब्यक्तिहरुको फलोअप तथा अभिलेख राखिने जनस्वास्थ्य निरिक्षक आशिष परियार ले जानकारी दिनुभएको छ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएदेखिनै मर्स्याङ्दी गाउँपालिकाले आफ्ना पालिकाको बासिन्दाहरुमा थप संक्रमण फैलनबाट रोक्न र नियन्त्रणमा सहयोग होस् भनी निसुल्क पि.सि.आर  टेस्ट सुरु गरेको थियो। हालसम्म ४२५ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत निशुल्क पिसिआर टेष्ट गरिसकिएको र जसबाट १३५ जना संक्रमितहरुको पहिचान भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?