ट्रेन्डीङ्ग

सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा स्वास्थ्य विमा प्रभाबकारी बन्दै

अनिल नेपाली
अर्घाखाँची १३ जेष्ठ
सरकारले पटक पटक ल्याएका योजना त्यति जनमुखी नदेखिएपनि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम भने प्रभाबकारी जनमुखी देखिएको छ । जिल्लाको छत्रदेब गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बनेको छ । जसले गर्दा गाँउपालिका बासिन्दा खुशी भएका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रमानिने छत्रदेव गाँउपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको स्थानीय बासिन्दा विमला नेपालीले बताउनुभएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनी बताउछिन् ।

अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिका ३ निवासी विमला नेपालीले भन्नुभयो, “सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा २४सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरिन्े । स्थानीय धनश्याम खनालले आफु शारीरिक रुपमा अशक्त भएर केही गर्न नसक्ने अबस्थामा पनि उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताए ।

छत्रदेब गाँउपालिका वीमा फोकल प्रसन तथा निमिक्त कार्यालय प्रमुख विष्णु खनालका अनुसार यहाँका करिब ११०० घरधुरीका वासिन्दाको स्वास्थ्य वीमा गराइएको उनले बताएका छन् । कोरोना महामारीको बेलामा पनि दैनिक ५० देखि ६० जनाकोे स्वास्थ्य मापदण्ड पालना गरी औषधी उपचार गरिएको ल्याब असिन्टेण्ट होमनाथ विकले जानकारी दिएका छन् ।

स्वास्थ्य विमा कार्यक्रमले जेष्ठ नागरिक आर्थिक अबस्था न्युन भएका लागि निकै फाइदा पुगेको वडा न २ का वडा अध्यक्ष राजेश कुमार पन्थीले बताउनुभयो ।

गाँउपालिका निम्न आयश्रोत भएका , विपन्न जेष्ठ नागरिक लाई निकै सहज भएको विमा कार्यक्रम निकै फलदायी भएको गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्मा एमबीविएस डाक्टर सहित प्रयोगशाला सम्वन्धी जाँच एक्सरे भिडियो एक्सरे लगायतका सेबाहरु दैनिक सुचारु हुने गरेको अहेब यादब खनालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?