ट्रेन्डीङ्ग

जनसेवामा जुट्दै अखिल (क्रान्तिकारी),नवलपुरद्वारा रक्तदान

जेठ १२ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले जिल्लाको कावासोती स्थित रेडक्रस भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

केपि ओली सरकारले लगाएको प्रतिबन्धबिरुद्धको संघर्षमा सहादत प्राप्त गर्ने विद्यार्थी नेता प्रज्वल शाही लगायतको स्मृति दिवसको अवसरमा उक्त संगठनले आज देशव्यापी कार्यक्रम गर्दै छ। लुम्बिनी ब्युरो स्तरीय कार्यक्रम अन्तर्गत कोभिड -१९ को बिषम परिस्थितिमा देशव्यापी रुपमा सिर्जना भएको रगतको अभावलाई पूर्ति गर्न कार्यक्रम गरिएको उक्त संगठनले जनाएको छ। साथै कतिपय जिल्लाहरूमा दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको छ।

कोभिड -१९ का बिरुद्ध बिद्यार्थी अभियान अन्तर्गत पनि उक्त संगठनले स्वास्थ्य सचेतनामुलक ब्यानर टाँस्ने, सामाजिक संजालमा प्रचारप्रसार गर्ने, माक्स र सेनिटाइजर बितरण गर्ने लगायतका कार्यक्रम गरिसकिएको र अवस्था हेरेर थप कार्यक्रममा जोड दिने अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष श्रीराम स्वरुपले बताए ।

रक्तदान कार्यक्रममा युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनास, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष श्रीराम स्वरुप, उक्त संगठनका विद्यार्थी पदाधिकारी तथा नेता कार्यकर्ताको उपस्थिति रहेको बुझिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal