ट्रेन्डीङ्ग

अर्घाखाँची: ८२ जना संक्रमण मुक्त,४९ थपिए

अर्घाखाँची । अर्घाखाँचीमा ४९ जना कोरोना संक्रमित थपिएका छन् भने ८२ जना निको भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान-४ का ८९ वर्षीय पुरुष, शीतगंगा-४ का ४६ वर्षीय पुरुष र पाणिनी-५ का ५६ वर्षीय पुरुष रहेका छन् ।

भूमिकास्थान र शीतगंगाका पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा निधन भएको हो भने पाणिनी-५ का ५६ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा निधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या ७१९ छ भने मृतकको संख्या ५१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?