ट्रेन्डीङ्ग

टिम नेपो नवलपरासीले गर्यो रक्तदान कार्यक्रम

असोज १७, नवलपरासी । टिम नेपो नवलपरासीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरसको प्रकोपले गर्दा दैनिक रगतको अभाव भैरहेको बिषयलाई मध्यनजर गर्दै शनिबार बर्दघाट नगरपालिका ९ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल संयुक्त भुतपुर्व सैनिक कल्याणकारी सस्थाको सभाहलमा गरिएको कार्यक्रममा ३० पोका रगत संकलन गरिएको जनाइएको छ ।

उक्त कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटि पञ्चनगर उपशाखाका सचिब प्रेम अधिकारीबाट रक्तदान दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा टिम नेपो नवलपरासीका जिल्ला अध्यक्ष प्रमिला पौडेलको अध्यक्षता तथा बर्दघाट ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाइको प्रमुख अतिथ्यता रहेको थियो भने अन्य अग्रज समाजसेबि ब्यक्तिहरुको सहभागी रहेको थियो ।

कार्यक्रमलाई नेपाल रेड्क्रस सोसाइटी पन्चनगर उपशाखाको आयोजक, नेपाल रेडक्रस सोसाइटी जिल्ला कमिटीको प्राबिधिक सहायता र नेपाल संयुक्त भुतपुर्ब सैनिक कल्याणकारी संस्थाको आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रमको संचालन टिम नेपो नवलपरासीको उपाध्यक्ष अम्बिका अधिकारीले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?