ट्रेन्डीङ्ग

वालिङ नगरपालिकाले खोप खरिद गर्ने

जेठ १० वालिङ  । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र पठाएको छ  ।

कोभिड १९ को नयाँ भेरियन्ट देेेशसभर अत्याधिक रुपमा फैलिएको भन्दै रोगको रोकथामको विकल्प मध्य भ्याक्सिन एक रहेको भन्दै नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  पत्र पठाएको हो ।

स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र

नगरप्रमुख दिलिपप्रताप खाँणद्धारा हस्ताक्षरित पत्रमा वालिङका नागरिकहरुले खोपको अत्याधिक माग गरेकाले मन्त्रालयबाट उपलब्ध गराउन यदि यस्तो संभव नभए नगरपालिकाले आफ्नै खर्चमा खोप खरिद गर्ने वातावरण सृजना गर्न आग्रह छ ।

मन्त्रालयले खोप उपलब्ध गराउन नसकेमा नगरपालिकाले आँफै खोप खरिद गर्न तयार रहेकाले खरिदका लागी अनुमति दिन पत्रमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?