ट्रेन्डीङ्ग

गल्याङ:कोरोना जोखिम न्यूनिकरणका लागि नगरपालिकाको टोली गाउँ गाउँमा

जेठ १० गल्याङ । कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्र गल्याङ नगरपालिकाको टोली पुगेर न्यूनीकरणको पहल गरेको छ ।

गल्याङ नगरपालिकाको बजार क्षेत्रमा कोरोनाको प्रभाव कम हुँदै गए पनि ग्रामिण क्षेत्रमा अझै कायम रहेपछि नगरपालिकाको टोली न्यूनिकरणका लागि भन्दै गाउँगाउँमा पुगेको हो । सोमबार गल्याङ नगरप्रमुख भुपराज अधिकारीको नेतृत्वमा गल्याङ नगरपालिका वडा नम्बर ११ जिमुहामा पुगेर नगरपालिकाको टोलीले संयम रही महामारीको सामना गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।
थप मानवीय क्षति हुन नदिन नगरपालिकाको सबै ध्यान केन्द्रीत रहेको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो ।


उहाँले महामारीको सामना गर्नका लागि जम्मा नहुने र स्वास्थ्य मापदण्डको पालना नै अहिले प्रमुख कुरा रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले रोगलाई लुकाउन नहुने भन्दै समस्या परेमा नगर अस्पताल वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो -‘नगर अस्पतालमा निशुल्क बेड र अक्सिजनको व्यवस्था गरिएको छ । थप उपचार गर्नुपर्ने भएमा अन्य अस्पतालमा पठाउन पनि हामीले व्यवस्था गरेका छौं।

महामारी थप फैलन नदिनका लागि रोग सहन भन्दा पनि सम्पर्क गर्नु नै राम्रो हुने उहाँको भनाई छ ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जिमुहा क्षेत्रबाट गाडीमा लैजानका लागि व्यवस्था गरिएको भन्दै समस्या परेमा तुरुन्तै सम्पर्क गर्न आग्रह गर्नुभयो ।
उहाँले भिडभाड नगरी जोखिम कम गर्न आफै साबधानी अपनाउनुपर्ने भन्दै कोरोना सामना गर्ने नगरको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।शर्माले सो क्षेत्रमा एण्टिजिन परिक्षणका लागि सबै व्यवस्था गर्ने बताउनुभयो ।

सो अवसरमा वडाध्यक्ष शंकरदेब अधिकारी तथा स्वास्थ्य संयोजक गुनेन्द्र राना सहितको टोलीले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै कुनै समस्या भएमा सम्पर्क गर्न आग्रह गरेको थियो ।
स्थानीय तथा नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटि अध्यक्ष नारायणप्रसाद अधिकारी समिरले परिक्षणका लागि अझै पनि स्थानीय तयार नहुने समस्या रहेको बताउनुभयो ।

सो अवसरमा सवारीचालकका लागि पिपिई सहितका स्वास्थ्य सामाग्री एवम् विरामीका लागि औषधी पनि वितरण गरिएको छ ।

मंगलबार देखि साविक तुलसीभञ्ज्याङ ३, ५ र ७ का प्रत्येक घरका व्यक्तिको एण्टीजीन परिक्षण समेत गरिने भएको छ । कोरोनाका कारण गल्याङ नगरपालिकामा २५ जनाको निधन हुँदा सबैभन्दा धेरै वडा नम्बर ११ का छ जनाको निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal