ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीका चारदलको संयुक्त वक्तव्य:संसद विघटन बिरुद्ध प्रतिवाद गर्छौ

नवलपरासी ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पश्चिम नवलपरासीका चार राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने बताउँदै सबै दल र जनसमुदायलाई एकबद्ध हुन आह्वान गरेका छन् ।

नेपाल कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद पौडेल, माओवादी केन्द्रका अध्यक्ष भविश्वर तिवारी,जसपाका बरिस्ठ नेता धरेन्द्र यादव एवं जनमोर्चाका अध्यक्ष नेता किशन बहादुर अधिकारीको संयुक्त हस्ताक्षर रहेको वक्तव्यमा भनिएको छ”जनताको त्याग र बलिदान बाट प्राप्त भएको नेपालको संविधान २०७२ माथि वर्तमान सरकारका प्रधानमन्त्री के.पी शर्मा ओली र रास्ट्रपति बाट पटक पटक आक्रमण भैरहेका छन् भन्ने हाम्रो ठहर छ । बहुमत प्राप्त सरकारको प्रधानमन्त्री हुदै संबिधान बिपरित सघोसित रुपमा आफुलाई अल्पमतको र पुनः बहुमत दाबि गर्दै प्रधानमन्त्रीमा प्रस्तुत गर्नु घोर आपत्तिजनक छ । संघिय संसदमा विश्वास गुमाइसकेका ओली स्वयम् विश्वासको मत प्राप्त गर्न मैले सकिन विकल्पको खोजि गरौ भनि रास्ट्रपति समक्ष सिफारिस गरेको २४ घण्टा नबित्दै फेरी १५३ को दाबि सहित आफै प्रधानमन्त्रीमा नियुक्त भएको दावि गर्नु र रास्ट्रपति जस्तो सम्मानित सस्था यस प्रकारको गैरसंवैधानिक कार्यमा संलग्न हुनु पदीय जिम्मेवारीको दुरुपयोग हो भन्ने हाम्रो ठहर छ । संविधानको धारा उपधारा बमोजिम क्रमसः सरकार गठनको प्रक्रिया अपनाउनु पर्नेमा आफैले सिफारिस गरेको निर्णय विरुद्ध जानु निन्दनीय छ ।

संविधानको धारा ७६/५ को प्रक्रिया बमोजिम नेपाली कांग्रेसका सभापति एबम संसदीय दलका नेता माननीय शेर बहादुर देउवाले १४९ माननीय संसद हरुको हस्तक्षर सहित सरकार गठनको दाबि पेस गर्दा समेत बेवास्ता गरि संबिधान बिपरित ओलीलाई नै मध्यरातमा नियुक्ति गर्नु रास्ट्रपति विद्या देवी भण्डारीको समेत असंवैधानिक कार्यमा संलग्नता देखिन्छ । यस प्रकार को कार्यबाट लोकतन्त्रको मर्म माथि प्रहार भएको र जनताको बलिदानबाट प्राप्त संविधानको ठाडो उल्लङ्घन भएको छ ।

वर्तमान कोभीड महामारीको अवस्थामा निर्वाचनको नाउमा संसद विघटन गरि देश र जनतालाइ झन् गम्भीर संकट तर्फ धकेल्न खोजिएको छ । संक्रमितको उपचार र जीवन रक्षामा खेलवाड गरिएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारले बहुमत गुमाएका दिन देखिनै शृंखलाबद्ध रुपमा संबिधानको मर्म विपरित भइरहेका कार्यहरुको निन्दा गर्दै केन्द्रमा भएको ५ दलको सहमति अनुसारनै हाम्रो जिल्ला नवलपरासी पश्चिमका दलहरुको तर्फबाट यस प्रकारका असंबैधानिक क्रियाकलापका विरुद्धमा राजनैकित र न्यायिक रुपले ससक्त प्रतिबाद गर्ने प्रतिबद्ता सहित सबै राजनीतिक पार्टी र जन समुदायलाई एकबद्ध हुनु आवहान गर्दै वर्तमान महामारीको आवस्थामा जनताको जीवन रक्षामा संलग्न हुन पनि आवहान गर्दछौ ।वक्तव्य:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?