ट्रेन्डीङ्ग

गल्याङ नगर अस्पतालमा कोरोनाका विरामीको लागि बेड तथा अक्सिजन निशुल्क

जेठ ९ गल्याङ । स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीहरुका लागि बेड तथा अक्सिजन शुल्क मिनाहा गरिने भएको छ ।

अस्पतालका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको अध्यक्षतमा बसेको बैठकले अस्पतालमा बेड तथा अक्सिजन शुल्क नलिने निणर्य गरेको हो ।

यसअघि बेड, अक्सिजन तथा औषधीका लागि नगर अस्पतालमा पाँच हजार रुपैयाँ शुल्क लिने गरिएको थियो । नगर अस्पतालमा विपन्न परिवार व्यक्तिहरु समेत जाने गरेकाले शुल्क लिने गरेको गुनासो आएपछि नगरप्रमुखले शुल्क नलिने प्रस्ताव गर्नुभएको थियो ।

गल्याङ नगरपालिका द्वारा सञ्चालित गल्याङ नगर अस्पतालमा अन्य रोगहरुसँगै हाल कोरोना भाइरस (कोभिड १९) प्रभावित विरामीहरुको बढि उपचार हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal