ट्रेन्डीङ्ग

अर्घाखाँचीमा निषेधाज्ञा जेष्ठ २० सम्म लम्बियो

अर्घाखाँची जेष्ठ -१० डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ, बैठकले दोश्रो चरणमा फैलिएको कोबिड- १९ ले अर्घाखाँची मा पारेको प्रभाव, बैशाख २१ गते देखि जिल्लामा गरिएको निषेधाज्ञा को समिक्षा गर्नु का साथै कोबिड- १९ संकट ब्याबस्थापन सम्बन्धमा ब्याबस्था गर्न बनेको अध्यादेशको बारेमा छलफल गरिएको थियोे ।


निषेधाज्ञालाई थप कडाइ गरिनुका साथै , माक्स नलगाई सार्बजनिक स्थलमा हिड्डुल गरेमा पटकै पिच्छे एक सय रुपियाँ जरिमाना गरिने, मानिसको आबत जाबतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अबस्थामा सो को उल्लंघन गर्ने लाई पटककै पिच्छे दुई सय जरिवाना गरिनुका साथै, सबारी साधन आबत जाबतमा रोक लगाइएको अबस्थामा सम्बन्धित अधिकारीको अनुमती बिना वा प्रहरीलाई जानकारी नदिइ बिरामी ओसारपसार गर्ने बाहेकका सबारी साधान चलाएमा दुई पाङ्ग्रे गाडीको निम्ति दुई हजार जरिवाना र अन्य सबारी साधनको हकमा पाँच हजार जरिवाना लगाइने , अध्यादेशमा उल्लेखित नियम लाई उलंघन गरेमा माथी उल्लेखित जरिवानाका अतिरिक्त प्रमुख जिल्ला अधिकारिले ६ महिना सम्म बन्द गर्ने आदेश दिन सक्ने समेत उल्लेख गर्दै सबैमा जानकारी गराइएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal