ट्रेन्डीङ्ग

कोभिड बिरामिको साहारा बन्यो हेल्पिङ्ग हेन्ड्स

सागर पौडेल जेठ ७ नवलपरासी
पश्चिम नवलपरासीको सदरमुकाम परासिका युवा विद्यार्थीहरुको एक समूहले फेसबुक ग्रुपमार्फत सन्चालन गरेर संकलन गरेको रकम पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरेको छ ।

फेसबुक ग्रुप हेल्पिङ्ग हेन्ड्सले आज एक कार्यक्रमकाबीच जिल्ला अस्पतालमा रहेका २६ जना कोभिड बिरामीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

ग्रुपका संयोजक रामप्रसाद पौडेलले अस्पतालका निमित्त प्रमुख डा.मोहम्मद नुरुल होदालाई उक्त सामान हस्तान्तरण गर्नुभयो । कोरोना भाईरसको संक्रमण महामारी विरुद्ध मुलुक नै जुधिरहेका बेला युवा विद्यार्थीले पनि यो लडाँईमा विजयी प्राप्तिका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले फेसबुकमार्फत अभियान सञ्चालन गरेर सहयोग गरेको ग्रुपका संयोजक पौडेलले बताउनु भयो।

आज पहिलो चरणमा अस्पतालका बिरामीलाई ३० प्याकेट फलफूल, प्रोटिन खाना तथा पानीका जार पाँच थान हस्तान्तरण गरेको बताउँदै सहयोग अभियान निरन्तर रहने बताउनु भयो ।

अगामी दिनमा रकम संकलन गरि अति विपन्न नागरिकलाई पनि सहयोग गर्ने तयारी भईरहेको ग्रुपकी सदस्य दुर्गा अधिकारीले बताउनुभयो ।

सामग्री बुझ्दै अस्पतालका निमित्त मेसु डा.होदाले मानवताको सेवामा अघि बढेका सहयोगी हातहरुप्रति आभार व्यक्त गर्नुभयो । उहाले विद्यार्थीहरुबाट भएको यो मानवीय सेवाबाट बिरामीको रोग प्रतिरोधक क्षमता बढ्न सहयोग पुग्ने विश्वास गर्नुभयो ।

कार्यक्रममा नेपाली चलचित्रका कलाकार प्रमोद अग्रहरी, अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व जिल्ला सभापति केशव पराजुली, नेपाल लेखापढी कानून व्यवसायी एशोसियशनका केन्द्रिय सदस्य अर्जुन क्षेत्री, प्रेस चौतारी नेपालका जिल्ला संयोजक मोहन पौडेल, पिस क्लव ईन्टरनेशनलका अध्यक्ष शम्भुु उपाध्याय, हेल्पिङ्ग हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्मा, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष सन्दिप अग्रहरी लगायतको पनि सहभािगता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?