ट्रेन्डीङ्ग

उजुरि दिन्छु वकिल साहयव

उजुरि दिन्छु वकिल साहयव

साहयव मलाई न्याय दिनुस
मेरो गल्ति जति छ
त्यति तिनको पनि छ
म त गरिब घरबाट बिलोङ गर्थे

मेरा समस्या समाधान होलान भनि
म दास हुन बाध्य भए,
दोस उनको नै हो
मेरो समस्याको समाधान को

नाटक रचि मलाई घर बिहिन
समाज बिहिन त कुरै छैन
बहिस्कार नै हुन सम्म
यो पापिले बनायो

बिन्ति छ हजुर
हात जोड्छु
पाउ ढोग्छु
काखा पाखा नगर्नु
आफन्त नभन्नु
पराई नभनिदिनु
वकिल साहयव
मलाई न्याय दिनुस

हो म त्यहि कञ्चनपुर कि
छोरि हुँ
जुन जिल्लामा
निर्मला बैनि को हत्यारा
लुकाईयो उस्को त
बलत्कारी सार्वजनिक थिएन
तर मेरो बलत्कारि त खुलेआम
घुम्दैछ वकिल साहयव
वकिल साहयव

म तपाई प्रति
अभारी हुने छु
यो बिपतको घडिमा
तपाई ले वकिल
साहयव निष्पक्ष भएर
न्याय र कानुनको
मार्यादा नमिचेर
बिन्ति छ हजुर
बिन्ति छ
वकिल साहयव तपाई न्यायदिनुस

यस्ता समाजिक खरावि तत्वहरु
यस्ता कुकर्मि मनुवाहरुबाट
मत बलतकृत भए भए
तर बिन्ति छ
म जसतै गरिव घरकि
छोरिहरु

अब बलत्कृत नहुन
पिडामा नपरुन
भनि म उजुरी दिन्छु
वकिल साहव
प्रसासन प्रमुख
स्थानिय सरकार प्रमुख
सबैखाले समाजिक
अगुवा दाजु भाई
दिदि बैनिहरुमा उजुरि दिन्छु

म समयको दास भए
आज ज्युदो
लास भए
हो म
गरिब घरबाट बिलोङ गर्थे
मेरो रहर हैन बाध्यता
थियो म
त्यसैले यो पापि
कुकर्मिको दास भए

म उजुरि गर्छु
मलाई न्याय दिनुस
म जस्ता हजारौ
छोरिहरु
यस्तो हुन बाट जोगिउन
निष्पक्ष भएर न्यायको
लागि म आज
उजुरि गर्छु

वकिल साहव
मलाई न्याय दिनुस
म बिन्ति गर्छु
म पाउ ढोग्छु
यो उजुरि पत्र
अवस्य पढिदिनु होला
अपहेेलना नगरिदिनु होला
म साच्चिकै न्याय को खोजिमा छु
वकिल साहयव!!!

उहि बलत्कृत छोरी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal