ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा रक्तदान कार्यक्रमको आयोजना

जेठ ६ काठमाडौ । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)ले विधार्थी नेता प्रज्जवल शाही लगायत शहिदहरुको सम्झना रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
क्रान्तिकारीको केन्द्रिय समितिको आयोजनमा जेठ ९ गते काठमाडौको सोल्टिमोडमा बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम संचालन हुने संगठनका महासचिव प्रकाश शाहिले जानकारी दिनु भयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारणले यो समयमा नेपालमा पनि देशभर रगतको अभाव भइरहेको छ । यस महामारीको समयमा रगतको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थी संगठनको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको शाहिले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal