ट्रेन्डीङ्ग

गृहमन्त्री बादल सहित ७ मन्त्रीलाई कामकाज रोक्न सर्वोच्चको अन्तरिम आदेश

६ जेठ, काठमाडौं ।सर्वोच्च अदालतले सांसद नरहेका गृहमन्त्री बादल सहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?