ट्रेन्डीङ्ग

पुष्प भट्टमाथी आक्रमण गर्नेलाई कार्वाही गर्न माग,अन्यथा बदला लिने चेतावनी

जेठ ५ कैलाली – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्ला संयोजक पुष्प भट्टमाथी आक्रमण गर्नेलाई कडा कार्वाही गर्न माग गरिएको छ। युवा संगठन नेपाल सेतिमहाकाली ब्यूरो समितिले प्रेस बिज्ञप्ति जारी गर्दै दोषीलाई कार्वाही गर्न माग गरेको छ।

जनसेवाको लागि संगठनको काममा खटिरहेका बेला लम्कीमा जुवाको अड्डा जमाईरहेका लक्ष्मण बुढाथोकी नेतृत्वको १२ जनाको समुहले आक्रमण गरेको प्रेस बिज्ञप्ति मार्फत जनाइएको छ।

सेतिमहाकाली ब्यूरो सचीव मनमहोन जोशीको हस्ताक्षर प्रेस बिज्ञप्तिमा भनिएको छ, ” जनसेवाको लागि संगठनको काममा खटिएको बेला लम्कीचुहा वडानम्बर १ बस्ने लक्ष्मण बुढाथोकिको नेतृत्वमा १२ जना जुवाडेले धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उदेश्यका साथ साङ्गठनिक आक्रमण गरेको घृणित कार्यप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। जनसेवाका काममा खटिरहेका बेला संयोजक भट्टमाथि आक्रमण गर्ने लक्ष्मण बुढाथोकी लगाएतको टिमलाइ घृणित कार्य छोडेर संगठनको सम्पर्कमा आई माफी माग्न र उचित क्षतिपूर्ति व्यहोर्न आव्हान गर्दछौं। अन्यथा संगठनले उचित समयमा उचित बदला लिने चेतावनीसमेत दिन चाहान्छ। ”

प्रेस बिज्ञप्तिको अन्त्यमा भनिएको छ,” दोषीलाई कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासन ,न्यायप्रेमी देशभक्त युवा समुह सम्पुर्णलाई हार्दिक अनुरोध गर्दछौं ।”

लक्ष्मण बुढाथोकी नेतृत्वको समुह बिगतदेखि नै लम्कीमा जुवाको अड्डा जमाईरहेको संयोजक भट्टले बताउनुभयो। आफुले सम्झाइबुझाई गर्दा उल्टै आफुमाथी आक्रमण भएको बताउनुभयो। बुढाथोकी आफु लम्कीमा जुवा जमाएर बसेको र कोहिकसैले हल्लाउन नसक्ने भन्दै आफुलाई गालि बेइज्तइ समेत गरेको संयोज भट्ट बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?