ट्रेन्डीङ्ग

नवलपरासीमा गोलि लागेर एक घाइते

जेठ ५, नवलपरासी ।

पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले गोलि चलाउदा गोलि लागेर एक जना घाइते भएका छन् ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय केहि युवालाई नाकामा खटिएका सशस्त्र प्रहरीले कोभिड-१९ को जोखिमका कारण रोकेको थियो ।

आफुहरुलाई सशस्त्रले रोकेर जान नदिएको भन्दै उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेको र खबर पाउने बित्तिकै ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो।

अधिकारीका अनुसार भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरेको भएतापनि भीड असमान्य तरिकाबाट आक्रामक भएपछि बाध्य भएर सशस्त्र प्रहरीले एक राउन्ड गोली चलाएको हो।

गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको भएतापनि अवस्था भने चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ

भारतीय सिमा नाकामा सिमा नाका सुरक्षार्थ बोडर आउट पोष्टहरुमा १ जना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरीको दरबन्दी भएको भएतापनि ति पोष्टहरुमा जम्मा ५/६ जना मात्र सशस्त्र प्रहरी ड्युटीमा खटिने हुँदा बेला बेलामा ति सुरक्षाकर्मी माथि स्थानीयहरुले आक्रमण गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal