ट्रेन्डीङ्ग

नेकपा कञ्चनपुरद्वारा मडै परिवारप्रति समवेदना प्रकट

गणेश एसके जेठ ५ कञ्चनपुर । नेकपा कञ्चनपुरद्वारा बुधबार एक शोक वक्तव्य जारी गर्दै कञ्चनपुर पार्टी जिल्ला सदस्य,कृष्णपुर नगर इन्चार्ज र अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जिल्ला अध्यक्ष इन्द्र मडै का आमा हरिनादेवी मडैकाे ८३ बर्षकाे उमेरमा आज डडेलधुरा आलिताल गाउँपालिका वार्ड नम्बर ४ मा रहेको आफ्नै घरमा निधन भएको खबरले दुःखित बनाएको र यस शोखको घडीमा मृतक आमा हरिनादेवी प्रति पार्टीको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली सहित शाेकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुन (निर्माण ) र पार्टी सचिब रमेश नेपाली (जीवन ) द्वारा जारी शोक वक्तव्यमा भनिएको छ ,“हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका जिल्ला सदस्य , कृष्णपुर नगर इन्चार्ज तथा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जिल्ला अध्यक्ष कमरेड इन्द्र मडै कि आमा हरिनादेवी मडैकाे ८३ बर्षकाे उमेरमा आज डडेलधुरा आलिताल गाउँपालिका वार्ड नम्बर ४ मा रहेको आफ्नै घरमा निधन भएको खबरले हामीलाई निकै दुखित बनाएको छ । एकिकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाकाे महान अभियानमा क्रियाशील कमरेड इन्द्र मडै कि मृतक आमा हरिनादेवी प्रति पार्टीको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली सहित शाेकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं “।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal