ट्रेन्डीङ्ग

दाउन्नेमा बस दुर्घटना ४ को मृत्युु

जीवन न्यौपाने जेठ ५,परासी ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाकी ३ जनाको सनाखत नभैसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ ।घटनाबारे थप जानकारी आउन बाकी छ।
बस घटनास्थलबाट २०० मिटर तल खसेको र निकै अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको छ । एक जना मृतक अझै पनि बस मुनि च्यापिएको अवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal