ट्रेन्डीङ्ग

प्रदेशसभा सदस्य प्रकाश मल्ललाई पितृ शोक

जेठ ४ स्याङ्जा । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललाई पितृ शोक परेको छ ।

प्रदेश सभा सदस्य मल्लका पिता गजेन्द्र प्रकाश मल्लको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । कोभिड संक्रमित मल्ल केहि समय अघिदेखि क्यान्सर पीडित थिए । ४ दिनदेखि आइसियमा राखेर उपचार गरिएको श्रोतले बताएको छ । भोलि राम्दि घाटमा हिन्दु सस्कार अनुसार अन्तेष्टि गरिने श्रोतले जानकारी दिएको छ ।

नेपाली काङ्ग्रेसको नेता महासमिति सदस्य समेत रहेका गजेन्द्र प्रकाश मल्ल स्याङ्जा जिल्लाका सफल व्यवसायी हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?