ट्रेन्डीङ्ग

सुनवल नगरपालिकालाई अक्सिमिटर हस्तान्तरण

जेठ ४ सुनवल । कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका स्थानिय युवाहरुले नगरपालिकालाई ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । आईसोलेशनमा बसीरहेका कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच्नका लागि अक्सिमिटर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। यस्तो महामारीका बेला देशभरनै अक्सिजन र अक्सिमिटर अभाव भईरहेका बेलो सुनवलका ३ जना युवाले मिलेर ४० थान अक्सिमिटर खरिद सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा( भरत )क्षेत्रीलाई हस्तान्तरण गरेका हुन ।

सुनवल नगरपालिका नगर प्रमुख थापाका भाई खिम बहादुर थापाक्षेत्रीले ११ थान, सुनवल ३ निवासी ज्ञानु गुरुङ्ग र उनका छोरा अभिनाश गुरुङ्गले २९ गरि कुल ४० थान पल्स अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरेका हुन् ।
पल्स अक्सिमिटर ग्रहण गर्दै नगर प्रमुख थापाले यस्तो माहामारीको समयमा यो सहयोग निकै मह्त्व राख्ने भन्दै महामारी रोकथाम र संक्रमित विरामीहरुको उपचारमा हामीसबैले आवश्यक सहयोग र भुमिका खेल्न जरुरी रहेको बताउनु भयो।

हस्तान्तरणको अनौपचारिक कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले कोभिड रोकथामका लागि सबैले आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal