ट्रेन्डीङ्ग

नेका नेता खाँणद्वारा स्वास्थ्य सामाग्री वितरण

जेठ ४ रुपन्देही । नेपाली काँग्रेसका प्रमुख सचेतक, एवम पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको छ ।

काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको हो । नेता खाँणले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रि नेपाली कांग्रेस शुद्धोधन गाउपालिमा सभापति शेर बहादुर काफ्ले ,महासमित सदस्य बिष्णु प्रसाद बस्याल, जिल्ला सदस्य शिवराम न्यौपाने ,प्रदेश सभापति कृष्ण बहादुर बिष्ट लगायत संस्थामा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

नेता खाँणले उपलब्ध गराउनु भएको पिपिई सेट, मास्क, सेनिटाईजर, ग्लब्स, भिटामिन सि लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि रुपन्देही प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं ३ का बिभिन्न ८ वटा स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीलाई प्रदान गरिएको नेपाली काँग्रेस शुद्धोधन गाँउपालिका सभापति शेर बहादुर काफ्लेले जानकारी दिनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal