ट्रेन्डीङ्ग

नवलपरासीमा ३५ संक्रमित थपिदा २४ जना निको भए

जेठ ३ परासी ।
पश्चिम नवलपरासीमा आज सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ जना संक्रमित निको भएका छन ।

जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, एक सय २५ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ७ जना, रामग्राम नगरपालिकामा ७ जना, सरावल गाउपालिकामा ६ जना, प्रतापपुर गाउपालिकामा १ जना, सुस्ता गाउपालिकामा ५ जना र पाल्हिनन्दन गाउपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय २१ रहेको छ ।हालसम्म कुल १ हजार ७ सय ८ जना कोरोना संक्रमित निको भएका छन । आज कोरोना संक्रमणबाट पाल्हिनन्दन गाउपालिका वडा नम्बर तीनका ६० बर्षिय पुरुषको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?