ट्रेन्डीङ्ग

१० लाख बराबरको केरा गोदाममै कुहिएपछी व्यवसायी चिन्तित

रमेश भुसाल जेठ २ परासी । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यवसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै कुहिएको फलफुल व्यवसायी मेघराज हमालले वताउनुभयो ।

नेपालमा यतिवेला केरा नपाउने र भारतबाट केरा मगाउन पर्ने बाध्यता छ । यता अर्डर गरेको केरा आउन साथ निषेधाज्ञा सुरु भएपछि पश्चिम नवलरासीका बजार लगायत रुपन्देहि , नवलपुर र चितवनका बजारमा केरा सप्लाई नहुदाँ गोदाममै कुहिएको व्यावसायी मेगराज हमालले बताउनुभयो ।

विगत ४ बर्ष देखि सुनवल ४ मा रेसुङ्गा फुट सेन्टर नै संचालन गरी फलफुलको व्यावसाय गर्नुभएका हमाल चिन्तित हुदै २० टन केरा कुहिएपछि झिङ्गा माखा लाग्न थालेकोले फाल्नुको विकल्प नभएकोे वताउनुभयो ।

पहिलो चरणको कोरानाले नै थला पारेको व्यापार व्यावसाय दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण झनै फैलिदा निषेधाज्ञा अगाडिनै अडर गरेको कोरा लगाएतका फलफुल विक्री नहुँदा फलफुल व्यवसायी मर्कामा परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?