ट्रेन्डीङ्ग

उपाध्यक्षका उम्मेदवार पन्थ भोट माग्दै विभिन्न राज्यमा

जेठ १ काठमाडौ । गैह्र आवासीय नेपाली संघ अमेरिकाको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका कृष्ण जिवि पन्थ विभिन्न राज्यमा भेटघाट र भोट माग्दै हिड्नु भएको छ।

विदेशमा रहेका गैह्र आवासीय नेपालीहरूको संस्था एनआरएनएमा पन्थ अमेरिका शाखाको वरिष्ठ उपाध्यक्ष लड्दै हुनुहुन्छ। दुई हप्तापछि हुन लागेको उक्त चुनावमा पन्थ लोकप्रिय र परिचित उम्मेदवार हुन्। लामो समयदेखि कर्मथलो बनाएर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका आउनु भएका उहाँ विभिन्न राज्यमा कार्यक्रम बनाएर छलफल र भेटघाट गर्दै हिडिरहनु भएको छ।

पन्थसंगै अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने,उपाध्यक्षका उम्मेदवार विकास उप्रेती, प्रविन केसी,बोर्ड अफ डाइरेक्टरका उम्मेदवार अशोक जंग केसी लगाएत हिड्नु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?