ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा २९ जना निको भए

जेठ १ परासी ।
पश्चिम नवलपरासीमा आज २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ६ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको सुनवलका २५ जना , रामग्रामका ९, बर्दघाटका ८ , सरावल र प्रतातपुरका ३/३ र पाल्हिनन्दनका २ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा ३ हजार ८ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रिय संक्रमितको संख्या भने १ हजार २ सय ६२ रहेको छ । यस्तै थप ३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ९२ जनाको कोरोना संक्रमणबाट ज्यान गएकोस्वास्थ्य कार्यलयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?