ट्रेन्डीङ्ग

नेकपा सिन्धुपाल्चोकले जनसेवामा क्रियाशिल हुन पार्टी पङ्त्तिलाइ निर्देशन

जेठ १ सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील हुन पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ ।

पार्टी सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै सरोकारवाला निकाय , सङ्घसंस्था , बुद्धिजीवी , राजनीतिक दल , स्वास्थ्यकर्मी र नागरिकसँग समन्वय , सहकार्य गरी कोरोना बिरामीलाई उपचारमा सहजीकरण गर्ने , सचेतना जगाउने काममा सहभागी हुने र जनसेवक टिम निर्माण गरी सहयोग गर्ने जनाएका छन् । युगीनले भनेका छन् , ‘ अहिले विश्व महामारीका रूपमा रहेको भाइरसले विश्व मानवजाति नै सङ्कटमा परिरहेको सर्वविदितै छ । यो भाइरसको महामारी दलाल पुँजीवादी व्यवस्था र राजनीतिक सङ्कटले निम्त्याएको स्वास्थ्य सङ्कट हो भन्नेमा हामी स्पष्ट रहेका छौं । कोरोना भाइरसको भयावह स्थितिमा पनि दलाल पुँजीवादी देशहरू मानवताभन्दा आफ्नो नाफामा केन्द्रित भइरहेका छन् ।

विज्ञप्तिमा भनिएको छ , ‘ यस्तो परिस्थितिमा कोरोना सङ्क्रमित र कोरोनाबाट आजित नेपाली नागरिकको उपचार व्यवस्थालाई प्रभावकारी , पर्याप्त , सहज र व्यवस्थित बनाउन हाम्रो पार्टी राज्य तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । यसप्रकारको महामारीको सामना गर्न जिल्लाका सबै सरोकारवाला निकाय , सङ्घसंस्था , बुद्धिजीवी , राजनीतिक दल , स्वास्थ्यकर्मी र नागरिकसँग समन्वय , सहकार्य गरी कोरोना बिरामीलाई उपचारमा सहजीकरण गर्ने , सचेतना जगाउने काममा सहभागी हुने र जिल्लाको आवश्यकताअनुसार जनसेवक टिम निर्माण गरी सहयोग गर्ने अवगत गराउन चाहन्छौं ।

साथै कोरोना महामारीबाट बच्न सबै नागरिक हतोत्साहित नभएर उच्च मनोबलका साथ एकले अर्कोलाई सहयोग , सल्लाह , सुझाव दिँदै र स्वास्थ्यको मापदण्ड पालना गर्न , सचेत र सुरक्षित रहन अपिल गर्दछौं । ‘

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal