ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा सचेतना मुलक कार्यक्रम

बैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न ।

सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।जिल्लामा जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

कपिलवस्तुको बाडगंगामा जिल्ला संगठनका सचिव बिनोद गिरिको नेतृत्वमा,जिल्ला सद्स्य सपना, बिस्नुको उपस्थितिमा,बुद्ध भुमी नगरमा संगिताको नेतृत्वमा ,प्रकाश,करिस्मा सहाभागितामा र शिवराजमा शुसिलको नेतृत्वमा कोभिड-१९ बाट बच्न र बचाउन अपिल गर्दै सार्वजनिक ठाँउहरुमा ब्यानर टासिंएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञान क्षेत्री जानकारी दिनु भयो ।

क्रान्तिकारी लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरुमा कोभिड-१९ विरुद्धको बच्च र बचाउन विधार्थीहरुले सचेतना मुलुक व्यानर टागेका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?