ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा सचेतता पुर्वक जनसेवामा जुट्न आह्वान

बैशाख २८ बुटवल ।विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)लुम्बिनी ब्यूरोले कोरोना महामारी विरुद्ध सचेतता पुर्वक जनसेवा जुट्न विधार्थीलाइ आह्वान गरेको छ।

क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी ब्यूरो संयोजक बिरेन्द्र विकले विज्ञप्ति मार्फत भनेका छ्न बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बिश्वको मानव जाति नै संकटमा छ। दलाल पुजिबादी देशहरु मानबता भन्दा आफ्नो नाफामा केन्द्रित छ्न। यस्तै नेपालको अवस्था झन भयावह स्थितिमा छ। उपचार नपाएर मर्नेको संख्या बढिरहेको छ।अक्सिजन र उपचार गर्ने बेड नपाएर जनताले अकालमै ज्यान गुमाउनु परिरहेकोछ। सरकार र सरकारका मान्छेहरु मुकदर्शक भएर भ्रस्टाचार कमिसनसंगै आफ्नो कुर्सी बचाउन तिर ध्यान केन्द्रित गरिरहेका छन।यो बिशिस्ट अवस्थामा जनताको सेबक जिम्मेवार पार्टी र संगठन भएकाले अखिल (क्रान्तिकारी) को दायित्व झन बढ्नु स्वाभाविक नै हुन्छ।त्यसैले अहिलेको आवस्यकता अनुसार निम्न कार्यक्रम बनाएको छ।

कोरोना महामारी विरुद्ध जुट्न अखिल (क्रान्तिकारी) ले जारी गरेका शृङ्खलाबद्ध कार्यक्रम यस प्रकार छन।

– बैशाख २९ गते कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक सन्देश सामाजिक संजालमा राख्ने,
-३० गते ब्यानरहरु सार्बजनिक स्थलमा राख्ने ।
-३१ देखि जेष्ठ २गते सम्म तराइका जिल्लाहरुमा माइकिङ गर्ने र पहाड र तराईका जिल्लाहरुले माक्स/ सेनिटाइजर पनि बितरण गर्ने।
– जेठ ३ देखि १० गते सम्म सम्भव हुने जिल्लामा अनलाइन मिटिङ्ग र प्रशिक्षण गर्ने।
-कोरोना महामारी र राज्यको भुमिका विषयमा अन्तरक्रिया अनलाइन मार्फत गर्ने
-कोरोना महामारीको कारण अप्ठ्यारोमा परेका बिद्यार्थीको तथ्यांक संकलन गरि राहत बितरण गर्न।
-अनलाइन कक्षा सन्चालन गरे नगरेको र शुल्क असुल गरे नगरेको विषयमा बिद्यार्थी/अभिभावक माध्यम बाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बुझ्ने र रेकड राखि कार्बाही गर्ने।

-कोरोना महामारीको विषयमा सकारात्मक सन्देशहरु बढि भन्दाबढी सामाजिक सन्जालमा सेयर गर्ने,आफुले पनि लेख्ने!

अन्तमा सबै विद्यार्थी सचेत नागरिकलाई सुरक्षीत भएर कोरोना महामारीका विरुद्ध आ-आफ्नो ठाउमा जान सेवामा जुट्न अपिल गर्दै माथी उल्लेखित कार्यक्रमहरु आ-आफ्नो ठाउबाट सहयोग गर्नु हुन अनरोध गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?