ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी) झापाद्वारा स्वास्थ्य सामाग्री वितरण

झापा २७ बैशाख । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) झापाले झापाका विभिन्न स्थानमा स्वास्थ सामग्री वितरण गरेको छ।

क्रान्तिकारी झापाले आज झापाको सुरुङ्गा,दुर्गापुर,चारपाने, बिर्तामोड,बुटाबारी,चारआली,धाइजन,धुलाबारी,इट्टाभट्टा,काकरभिट्टा लगायतका क्षेत्रमा माक्स तथा सेनिटाइजर वितरण गरेको हो ।

कोभिड -१९ का बाबजुद पनि जनताको सेवामा रहेका ट्राफिक प्रहरी, नेपाल प्रहरीहरूलाई समेत स्वास्थ सामग्री वितरण गरिएको संगठनका जिल्ला संयोजक खगेन्द्र सिटौलाले जानकारी दिए। स्वास्थ सामग्री सहयोग अभियानमा विभिन्न दाताहरूको समेत सहयोग रहेको उनले बताए । काेभिड -१९ लाई परास्त गर्न सबै एक भएर जुट्न र सकेको सहयोग गर्न समेत उनले सबैलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?