ट्रेन्डीङ्ग

गल्याङमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना

बैशाख २७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीका लागि लक्षित गरी अक्सिजन सहितको आइसोलेसन वार्डको स्थापना गरिएको हो ।

तीन जना चिकित्सक सहितको टोलीले विरामीहरुलाई सेवा दिइरहेको छ । हाल अस्पतालमा कोरोना भाइरस को परिक्षण गरिए पनि नतिजा पोजिटिभ देखिएका विरामीहरु होम आइसोलेसनमा बस्दै आएका छन् ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अप्ठ्यारो परेका विरामीहरुका लागि आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।उहाँले भेण्टिलेटरको आवश्यकता पर्ने विरामीहरुका लागि अक्सिजन सहित एम्बुलेन्समा पोखरा वा बुटवल लैजानका लागि पनि व्यवस्था गरिएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘पोखराका अस्पतालमा बेडका लागि पनि कुरा भएको छ, सकेसम्म यहीं उपचार गर्ने र नभए अन्य ठाउँमा गएर उपचार गर्नका लागि पनि नगरपालिकाले लैजाने व्यवस्था गरेको छ ।उहाँले विरामीहरुको उपचारमा नगरपालिकाले कुनै कसर बाँकी नराखेकाले हतोत्साहित नहुन आग्रह गर्नुभयो ।

जुनसुकै बेला विरामीलाई आवश्यक ठाउँमा लैजाने प्रबन्ध नगरपालिकाले गरेको भन्दै नगरप्रमुख अधिकारीले नगरवासीको स्वास्थ्यमा नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो ।
नगर अस्पतालमा स्थापना गरिएका बेड र अक्सिजनको कमी भएमा थप गर्न सकिने उहाँले बताउनुभयो ।
आवश्यक प्राविधिक र अन्य जनशक्तिका लागि नगरपालिकाले सबै तयारी गरिएकाले ढुक्क हुन उहाँले नगरवासीलाई आग्रह गर्नुभयो ।

नगरपालिका सधैं भरी नगरवासीको सुरक्षा र अभिभावकत्व ग्रहण गर्न तयार रहेको भन्दै नगरप्रमुख अधिकारीले कुनै समस्या भएमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

गल्याङ नगर अस्पतालका प्रशासक थानापति न्यौपानेले विरामीहरुका लागि नगर अस्पतालमा आवश्यक सुविधा सहितको सम्पूणर् व्यवस्था गरिएको जानकारी दिनुभयो ।उहाँले हालसम्म कोरोना परिक्षण गरिएका व्यक्तिहरुमा समस्या नआएकाले स्वइच्छाले होम आइसोलेसनमा बसिरहेको र कुनै समस्या परेमा सम्पर्क गर्न भनिएको बताउनुभयो ।

होम आइसोलेसनमा बसिरहेकाहरुलाई पनि औषधि सहितका सेवाहरु दिइरहेको र चिकित्सकहरुले निरन्तर अनुगमन गरिरहेको न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal