ट्रेन्डीङ्ग

गल्याङ क्षेत्रका अगुवा भण्डारीको ६२ वर्षको उमेरमा निधन

बैशाख २७ गल्याङ । गल्याङ क्षेत्रका समाजसेवी, अगुवा दुर्गाप्रसाद भण्डारीको निधन भएको छ ।
भण्डारीको सोमबार विहान सवा आठ बजे निधन भएको उहाँका भाई ज्ञानु भण्डारीले जानकारी दिनुभयो ।
लामो समय देखि मृगौला सम्बन्धी रोगबाट पिडित बन्नुभएका भण्डारी उपचारको क्रममा काठमाडौमा रहनुभएको थियो ।
२०१६ साल भाद्र ५ गते जन्मिनुभएका भण्डारीको उपचारकै क्रममा आज विहान भण्डारीको निधन भएको हो ।
उहाँको पार्थीब शरिर काठमाडौंबाट आजै राती गल्याङ ल्याइने र भोलि मात्रै अन्त्यष्टी गरिने भएको छ

गल्याङ बजारमा गल्कोट फार्मेसी सञ्चालन गरी सेवा दिनुभएका भण्डारी गल्याङका विभिन्न संघ संस्थामा आबद्व हुनुहुन्थ्यो । स्थानीय क्षेत्रमा ‘दुर्गा डाक्टर’ का नामले समेत चिनिने भण्डारीले पैसा नभएका विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गर्नुहुन्थ्यो ।

पछिल्लो समय उहाँ गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्ज सञ्चालक समितिका अध्यक्ष, आलमदेवि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, गल्याङ खानेपानीका अध्यक्ष लगायतका संघ संस्थामा आबद्व हुनुहुन्थ्यो ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भण्डारीको निधनबाट यस क्षेत्रले एउटा असल अभिभावक गुमाएको बताउनुभयो । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारीको निधनको खबरले आफु स्तब्ध भएको भन्दै उहाँले भण्डारीका समाज क्षेत्रमा देखिएको क्रियाशिलता सधैं स्मरणीय रहने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal