ट्रेन्डीङ्ग

स्याङ्जा कारीकोट वडा १ का सम्पुर्ण पसलहरु बन्द

सुमन ढकाल,
बैशाख-२७ स्याङ्जा ।
देशब्यापी रुपमा फैलिएको दोश्रो कोरोना भाईरस(कोभिड-१९) को लहरले धेरैको मृत्यु संगै भयाभह भैरहेको छ। छिमेकि मुलुक भारतमा दिनकै ३/४ लाख भन्दा बडी संक्रमण देखिदा नेपालमा निकै जोखिम बढिरहेको देख्न सकिन्छ। भारत बसेका कामदारहरु नेपाल फर्किदा यता थप जोखिम रहेको आकलन गरिरहेका छन्। दिनहु ८/९ हजार भन्दा बडी नेपालमा भाईरस पुष्टी भैरहेको स्वास्थ्य मन्त्रालयले जनाईरहेको छ।

यसै गरी नेपाल सरकारले ६० भन्दा बढी जिल्लामा यतिबेला निषेधाज्ञा लगाएको छ। ५०० भन्दा धेरै संक्रमण भएका जिल्ला अहिले निषेधाज्ञा छन् संगै स्याडंजा जिल्लामा पनि संक्रमण बढेको हुदा प्रमुख जिल्ला अधिकारीद्वारा निषेधाज्ञा जारी गर्दै थप कडाई गरेको छ।

गण्डकी प्रदेशको चार नं कालीगण्डकी गाउँपालिका ०१ मा पनि जोखिम रहेको भन्दै सम्पुर्ण पसल हरु कडाईका साथ बन्द गरिएको वडा नं १ का वडा सदस्य रामु श्रेष्ठले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal