ट्रेन्डीङ्ग

साना तथा घरेलु उधोगमा प्रयोग भएका अक्सिजन सिलिन्डर अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली बैशाख २७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाका साना तथा घरेलु उद्योगमा प्रयोगमा आइरहेका अक्सिजन सिलिण्डर जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल गौतमलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको हो ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलिले जिल्लाको सदरमुकाम सन्धीखर्कमा सन्चालित साना तथा घरेलु उद्योगमा प्रयोग गरिरहेका १५ थान अक्सिजन सिलिन्डर ग्यास ब्यवसायीको सहमतिमा मिनिट्रक मार्फत अर्घाखाँची अस्पतालमा पुर्याएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal