ट्रेन्डीङ्ग

नेता खनाल कोरोना मुक्त

बैशाख २७ काठमाडौ । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ ।

नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई बैशाख १८ गते देखि उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।

खनालका सचिवालय कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो ।
सङ्क्रमणमुक्त पुर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुने जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?