ट्रेन्डीङ्ग

४ हजार २२ जना कोरोना संक्रमण मुक्त

बैशाख २६ काठमाडौ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ४ हजार २२ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमित थपिएका छन ।

पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जाेड्दा मृत्यु हुनेको संख्या ८८ रहेकाे गाैतमले बताए।

यस दिन कुल १८ हजार ७८७ जनाको नमुना संकलन भएको थियो। आज थपिएका संक्रमितसहित हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेको गौतमले बताए।

देशभर ८३२ जना संक्रमित आइसियू कक्षमा छन्, तीमध्ये पनि २६७ जना भेन्टिलेटरको सहायतामा रहेको गौतमले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?