
बैशाख २६ कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । उनकाे राजीनामा स्वीकृत भइसकेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए ।
भोलि सोमबार प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची छ ।
अबिश्वास दर्ता भएपछि एमालेको बहुमत सहितको सरकार बनाउने भन्दै राजीनामा दिएको गुरुङ निकटका एक नेताले बताए । श्रोतका अनुसार तीन दिनमा बहुमत सहित सरकार गठन गर्ने तयारी भएको जानकारी दिए ।
।