ट्रेन्डीङ्ग

नगरवासीको जीवन रक्षा पहिलो प्राथमिकता:गल्याङ नगरप्रमुख अधिकार

बैशाख २६ गल्याङ ।स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीको जीवन रक्षा गर्नु नै अहिलेको प्राथमिकता भएको बताउनुभएको छ ।

उहाँले नगरवासीलाई बचाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो ।

२४ सै घण्टा जनताको सेवामा क्रियाशिल रहेको भन्दै नगरप्रमुख अधिकारीले कुनै पनि समस्या भएमा तत्काल खबर गर्न आग्रह गर्नुभयो ।

गल्याङ नगरपालिका ११ मा दिबंगत हुनुभएका घनश्याम भट्टराईको परिवारलाई सान्त्वना दिन पुग्नुभएका नगरप्रमुख अधिकारीले भन्नुभयो -‘राती १२ बजे समस्या परे पनि फोन गर्नुहोला। हामी जुनसुकै अवस्थामा पनि नगरवासीलाई बचाउन क्रियाशिल छौं ।’

उहाँले नगर अस्पतालमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनिसकेको भन्दै एम्बुलेन्सलाई पनि जुनसुकै अवस्थाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

नगर प्रमुख अधिकारीले सानो गल्तिले संक्रमितको मृत्यु हुन सक्ने भन्दै ति साना तिना गल्ति हुन नदिनका लागि चनाखो हुन नगरलाई अलर्ट राखिएको बताउनुभयो

उहाँले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कदमहरु चालिरहेको भन्दै महामारीको बेला नगरपालिकाको अभियानमा सबैलाई साथ दिन आह्वान पनि गर्नुभयो । नगरप्रमुख अधिकारीले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने तथा स्वास्थ्य मापदण्डहरुको पालना गरी उच्च साबधानी अपनाउन पुनः नगरवासीलाई अनुरोध पनि गर्नुभयो ।

‘सरकार हुनुको महसुस हुने गरी काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई भनेका छौं, जनताको मृत्यु टुलुटुलु हेर्ने होइन, यो जनता बँचाउने सरकार हो’ उहाँले भन्नुभयो ।

आत्मबल बढाउँन सकेमा रोगहरुबाट मुक्त हुन सकिने भन्दै नगर प्रमुख अधिकारीले नगरपालिकाबाट सबै व्यवस्था भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal