ट्रेन्डीङ्ग

बरिष्ठ प्रगतिशील साहित्यकार श्रेष्ठको निधन ,क्रान्तिकारी पत्रकार महासघंद्वारा शोक व्यक्त

रवि पाण्डेय बैशाख २६ नवलपरासी । बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै निवास बर्दघाट ९ भुताहामा निधन भएको छोरी सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीका जिल्ला सल्लाहकार श्रेष्ठ यस क्षेत्रका निकै प्रतिभाशाली साहित्यकारका रुपमा परिचित हुनुहुन्थ्यो ।

ग्रामीण परिबेशका जनजिविकाका सवालमा चोटिला साहित्य रचना गर्ने उहाँका २ दर्जन बढी कृति प्रकाशित छन् । उहाँ एक एमसीसी बिरोधी अभियन्ता समेत हुनुहुन्थ्यो ।

विभिन्न राजनैतिक तथा सामाजिक परिवेशलाई आधारित बनाएर साहित्य रचना गर्ने उहाँले आफुलाइए एक देशभक्त राष्ट्रवादीका रुपमा उभ्याउनुभएको थियो । वर्गीय रुपमा निम्न मध्यम वर्गका उहाँका लेख रचनामा वर्ग पक्षधरताले ओतप्रोत छन् ।

बामपंथी धारलाइ कहिल्यै नछोडेका श्रेष्ठ पछिल्लो क्रममा बिचार र निष्ठा विनाको राजनीति प्रति निकै चिन्तित देखिनु भएको थियो । उहाँ क्रान्तिकारी माओवादीको जिल्ला सल्लाहकार सदस्यका रुपमा क्रियाशिल हुनुहुन्थ्यो ।

उहाँको निधनप्रति क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी , क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासी लगायत दर्जनौ संघसस्थाले शोक बक्तब्य जारी गरेका छन् । यसै बर्ष जिवनसंगिनी गुमाउनु भएको श्रेष्ठका दुई छोरा दुई छोरी र १० नाति नातिनी छ्न । उहाँको शव त्रिवेणीधाममा अत्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal