ट्रेन्डीङ्ग

जापान सम्पर्क समाजले अर्घाखाँची अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन सहयोग

अनिल नेपाली बैशाख २६ अर्घाखाँची ।
अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन प्रदान गर्ने भएको छ ।

अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत ४ लाख ५० हजार रकम उपलब्ध गराएको छ । सम्पर्क समाजका अध्यक्ष बाबुराम पौडेलको पहलमा उक्त रकम नेपाल पत्रकार महासंघ अर्घाखाँची मार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । महासंघ अध्यक्ष अशोक खनालले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कपिल गौतम, डा. सन्तोष न्यौपानलाई चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरणपछी डा. कपिल गौतमले सहयोग गर्ने अर्घाखाँची–जापान सम्पर्क समाज र पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सदस्य लक्ष्मण घिमिरे, अशोक चौहान, हरी भुसाल लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?