ट्रेन्डीङ्ग

अर्गानिक भगवती गौधुप (अगरबत्ती) बजारमा

रुपन्देही ।
गाइको गोबरमा चन्दन,घ्यू,मह,गोमूत्र,खुदो, आदि वस्तुहरुको मिश्रणबाट निमार्ण गरिएको अर्गानिक भगवती गौधुप बजारमा आएको छ ।

रुपन्देहीको सैनामैनामा ज्योतिष तथा युवा पण्डितहरुद्वारा संचालित भगवती एकीकृत कृषि फर्मका अध्यक्ष बिष्णु पौडेलले धुप बारे बताउदै भन्छन् -गाइको गोबरमा पर्याप्त मात्रामा खनिज तत्व हुनुका साथै यसमा फास्फोरस, नाइट्रोजन, चुना, पोटाश, म्याग्नेसियम, आइरन , सिलिकन, एल्म्युनियमको मात्रा पनि धेरै हुन्छ , गोबरमा अधिक मात्रामा खनिज पदार्थ रहेको हुदाँ यसले माटोलाई समेत उर्बरा बनाउँछ, गोबरको गुइठा बनाएर बाल्नाले पर्यावरणलाई शुद्ध तुल्याउँछ, गोबरमा चन्दन, घ्यू, मह , गोमूत्र , खुदो , आदि शुद्ध वस्तुहरुको मिश्रणबाट धूप तयार गरी बाल्दा त्यसबाट उत्पन्न हुने धुँवाले वातावरणलाई शुद्ध बनाउने कुरा पूर्वीय एवं पाश्चात्य दर्शनले प्रष्ट पारेका छन् ।

अत: रसायन रहित ,वातावरण मैत्री,आध्यात्मिक एवं धार्मिक कार्यमा उपयोग्य गौधूपको प्रयोग गरौँ,गौ संरक्षणमा टेवा पुऱ्याऔँ भन्ने मूल उद्देश्यले गौधुप निर्माण गरिएको सस्थाका अध्यक्ष पौडेलले बताए ।

गाइको संरक्षणले दूध उत्पादन मात्र नभई मलमूत्रबाट विभिन्न किसिमका रोग व्यादिको उपचार हुने भएकोले गाई सरंक्षणमा सरकारले पनि ध्यान दिनु पर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal