ट्रेन्डीङ्ग

सुनवलमा नगरपालिकाले हप्ताको तीन दिन नि:शुल्क पिसिआर परिक्षण गर्ने

बैशाख २५ सुनवल ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कन्ट्रयाक ट्रेसिङमा परेका तथा लक्षण सहितका शंकास्पद विरामीका लागि हप्ताको तीन दिन पिसिआर परिक्षण गर्ने व्यवस्था गरेको छ ।

साताको सोमबार, बुधवार र शुक्रवार दिउँसो १ बजेदेखि २ बजेसम्म पिसिआर गर्ने व्यवस्था गरेको शुक्रबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डेले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ ।

पिसिआर परिक्षण गर्न सदरमुकाम परासी वा बुटवल जानुपर्ने बाध्यता थियो । अब पिसिआर परिक्षण गर्न सुनवलमा नै व्यवस्था गरिएको हो । पिसिआर जाँचका लागि नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरमा सम्पर्क गर्नका लागि सूचना जारी माफर्त जानकारी गराइएको छ ।

सुनवलमा पूर्णरुपमा आइशोलेसन सेन्टर शुरु नहुँदासम्म आवश्यक स्वास्थ्य जाँचका आधारमा अक्सिजनको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

नगरवासीलाई स्वास्थ्य सम्बन्धी केही समस्या परे नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपाने (९८५७०३८३४१) र सिनियर अहेव चुरामणी नेपाल (९८५७०४५५५८) लाई सम्पर्क गर्न समेत सकिने जनाइएको छ ।सुचना :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?