ट्रेन्डीङ्ग

अर्घाखाँची अस्पतालमा भोलि देखि १० बेडको एचडियु संचालन हुने

बैशाख २५ अर्घाखाँची ।अर्घाखाँची जिल्ला अस्पतालमा भोलि बैशाख २६ गतेबाट १० बेडको एचडियु सञ्चालनमा आउँने भएको छ ।

करिब ७ महिनाको अथक प्रयास बाट बनेको भवनमा भोलि बाट कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सञ्चालनमा आउन लागेको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले बताउँनुभयो ।

जिल्ला अस्पतालमा कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरि उपचार गरेको र १९ जना निको भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

अर्घाखाँची सिमेन्टबाट ४ वटा ठुलो अक्सिजन, लुम्बिनी प्रदेशका कानुन मन्त्री चेतनारायण आचार्यको पहलमा व्यवसायी बालकृष्ण भुसालबाट ८ वटा ठुला अक्सिजन सिलिन्डर प्राप्त भएको छ ।उक्त अक्सिजन भर्न लाग्ने खर्चको व्यवस्था मिलाउने प्रतिबद्धता मन्त्री आचार्यले जनाउनु भएको छ । सन्धिखर्क नगरपालिकाबाट ४ वटा ठुलो अक्सिजन सिलिन्डर, नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक कुमार खनालको पहल र अर्घाखाँची–जापान समाजका अध्यक्ष बाबुराम पौडेलको सामुहिक सक्रियतामा ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन“ उपलब्ध गराउन ४ लाख पचास हजार सहयोग अस्पताललाई प्राप्त भएको छ ।

त्यससँगै नेशनल प्याथ ल्याव अर्घाखाँचीबाट एचडियुमा बिरामीको धैर्यताको, मनोबलताको लागि म्युजिक सिस्टम जडान भएको छ । अबस्था जटिल हुदै गहिरहेको छ, सजग सतर्क रहदै , स्वास्थ सम्बन्धी मापदण्ड पालना गर्न डा. गौतमले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?