ट्रेन्डीङ्ग

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघद्वारा भरतपुरमा स्वास्थ्य हेल्पडेक्स संचालन

केशवराज भट्टराई बैशाख २५ भरतपुर । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले कोरोना महामारीको असरलाई मध्यनजर गर्दै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ।

कोरोना भाईरस कोभिड १९ महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसका असर र बच्ने तरिका बारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरेको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनका संयोजक होमनाथ पौडेलले जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज सन्देश पौडेल स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि उक्त सहायता डेक्सको उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा,अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई लगाएत को उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?