ट्रेन्डीङ्ग

सुनवलको गैडाखालमा भेटिएको बेवारिसे शवको पहिचान

सागर पौडेल बैशाख २५ सुनवल ।
पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १० गैडाखालमा भेटिएको बेवारिसे महिलाको पहिचान खुलेको छ ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ८ बस्ने अन्दाजी बर्ष २५ कि शान्ता कुवर रहेकी छन् ।उनी बिगत केही समय देखि रुपन्देही बस्दै आएकी थिइन ।

भैरहवा मेडिकल कलेजमा सुरक्षा गार्ड गर्दै आएकी उनी २३ गते साझ मृत अबस्थामा जङ्गलमा फेला परेकी थिइन ।

शवलाई हिजो नै उनको आफन्तलाई बुझाएको भए पनि आत्महत्या हो कि हत्या हो भनेर अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । शव बारे थप अनुसन्धान भैइरहेको छ लामाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?