ट्रेन्डीङ्ग

एकै ठाउमा धेरै सवारी साधन रोक्दा जोखिम बढदो

प्रदिप ज्ञवाली बैशाख २५ रुपन्देही ।
प्रहरीले निषेधाज्ञामा पनि सवारी साधन सञ्चालन गरेको भन्दै सानादेखि ठूला सवारीका साधन नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छाड्ने गरेको छ तर यसरी चेकजाँचका नाममा सवारीका साधन रोक्दा प्रहरी चौकी वरिपरीको क्षेत्रमै कोरोना जोखिम बढ्ने देखिएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डी र रन्यौराले निषेधाज्ञामा सवारीका साधन सञ्चालन गरेको भन्दै ठूलो सङख्यामा टिप्पर लगायतका मालबाहक ट्रकदेखि मोटरसाईकल र जीप कार रोक्ने गरेको छ । यसरी एकै स्थानमा धेरै सवारीका साधन रोकिँदा प्रहरी कार्यालय क्षेत्रमै जोखिम बढेको छ । मध्याह्नकर्मि संवाददाताले जिल्ला विपद व्यवस्थापन केन्द्रको निर्णय पालना गर्ने नाममा भीड लगाएर चेक जाँच किन गरियो भन्ने प्रश्नमा इलाका प्रहरी कार्यालय रन्याैराका प्रहरि निरिक्षक चक्र डम्वर पालले कोरोना नियन्त्रणका लागि सवारी साधनहरु होल्ड गर्दा भिड बढेको बताउनुहुहुन्छ ।

खासगरी विहानको समयमा प्रहरीले राजामार्गमा चेकजाँचलाई कडा बनाउने गरेको छ । जसका कारण एकै स्थानमा सयौं सवारीका साधन जाम लाग्ने गर्दछन । शुक्रवार सालझण्डीमा पनि त्यही अवस्था देखियो । सवारीका साधन चेकजाँच गर्ने नाममा उल्टो कोरोना जोखिम बढाउने संभावना धेरै देखिएको छ । प्रहरी भने निषेधाज्ञा लागू गर्न चेकजाँच गर्नु आफूहरुको बाध्यता रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजाल बताउनुहुन्छ ।
ब्यक्तिलाई भन्दा पनि कोरोनालाइ आफुहरुले रोक्न खोजेका हाै निरिक्षक रिजाल बताउनुहुन्छ ।

नेपाल सरकारले निषेधाज्ञाको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य नरोक्ने जनाएको छ । जस अनुसार सडकमा अहिले बालुवा, गिट्टी, ढुंगा, सिमेन्ट र छड लगायतका निर्माणका सामाग्री बोकेका टिप्पर र ट्रकहरु निर्वाध चलिरहेका छन । सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुले पनि निर्माणका सामाग्री बोक्ने सवारीका साधन नरोक्न परिपत्र गरेको छ । यति जान्दा जान्दै पनि कोरोनाको थप जोखिम बढाउने गरी चेकजाँच गरिनु अस्वाभाविक लाग्ने गरेको छ । यता प्रहरी भने पास भएका सवारी साधन छाडने र नभएका सवारी साधनलाई दण्डित गर्ने भन्दै चेकजाँचका नाममा जोखिम बढाउँदै गरेको स्थानिय बताउछन ।
पछिल्लो समय कोरोना संक्रमणको जोखिम झनै बढ्दै गएको छ । जोखिम नियन्त्रणका लागि निषेधाज्ञा लागू भएको छ तर प्रहरीले निषेधाज्ञा कडाई गर्ने नाममा गरिरहेको चेकजाँचले जोखिम बढाउने अवस्था आउनु राम्रो होइन । प्रहरी आफै निषेधाज्ञा लागू गर्ने नाममा जोखिम बढाउने काममा नलाग्ने कि ? बरु अरु विकल्प खोजेर नियन्त्रणको उपाय गर्नु राम्रो हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal