ट्रेन्डीङ्ग

कोरोना बिरुद्धको लडाइँमा एकजुट बनौ: मन्त्री आचार्य

अर्घाखाँची बैशाख २४
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले कोरोना भाईरसका बिरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

अर्घाखाँची अस्पतामा निर्माणाधीनएच.डि.यु.सेवाको अनुगमन गर्दै उहाँले जतिसक्दो छिटो सेवा संचालनको लागि अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । जिल्लामा हालसम्म आइ.सि.यु. र भेन्टिलेटर नहुँदा बिरामीलाई निक्कै सास्ती भएको भन्दै उहाँले तत्काल सेवा सुचारु गर्न आग्रह गर्नुभयो ।

कोभिड १९ का कारण अहिले मुलुकको जनजिवन प्रभावित भएको भन्दै यस्तो कठिन घडीमा सबैले आआफ्नो ठाउँ बाट सहयोग पुर्याउनु पर्ने उहाँको भनाई थियो ।


मन्त्री आचार्यले अस्पतालमा अक्सिजन र अन्य अत्यावश्यक उपकरणको अभाव हुन नदिन प्रदेश सरकार निरन्तर लागिपरेको भन्दै जनताको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउनुभयो । उहाँले कठिन परिस्थितिमा अहोरात्र खटेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी ,सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरुको राज्यले उच्च मुल्यांकन गर्ने बताउँदै समाजमा अनावश्यक हल्ला फैलाई जनतालाई आतंकित पार्ने ,कृतिम अभाव सिर्जना गर्ने,कालाबजारी गर्ने र सर्वसाधारण जनतालाई एक वा अर्को बहानामा दु:ख दिनेलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो ।

अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले भोलि देखि नै एच.डि.यु. सेवा संचालन गर्ने बताउनुभयो । उहाँले सरकारको २ करोड रुपैयाँको लागतमा १० बेडको एच.डि.यु.र २ भेन्टिलेटरको सेवा प्रदान गर्न लागेको भन्दै भेन्टिलेटरको लागि भने थप १/२ दिन लाग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal