ट्रेन्डीङ्ग

रुपन्देहीमा कोरोना झन झन बढ्दो

प्रदिप ज्ञवाली
बैशाख २४ रुपन्देही ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना सङ्क्रमित थपिएका छन । स्वास्थ्य कार्यलय रुपन्देहीले दिएको जानकारी अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिकामा आज एकै दिन २५ महिला र ३४ पुरुष गरी ५९ जनामा सङक्रमण देखिएको छ ।

जिल्लामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १७७ महिला र १९४ महिला गरी ३ सय ७१ ज्ना सङ्क्रमित थपिएका छन । यस्तै तिलोतमा नगरपालिकामा ६४ महिला र ७० पुरुष गरी १३४ जना, सिद्धार्थ नगरपालिकामा ३७ महिला र ४६ पुरुष गरी ८३ जना, देवदह नगरपाालिकामा २६ महिला २४ पुरुष गरी ५० जना,कञ्चन गाउपाालिकामा ११ जनाा, होमसतिया गाउपालिकामाा ७ जना मायादेवि गोपालिकामा १५ जना, शुद्धोधन गााउपालिकामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्गै जिल्लामा कोराना भाइरसका बाट सकृय सङुक्रमितको सङख्या ६ हजार पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?