ट्रेन्डीङ्ग

एमालेका ११ जिल्ला अध्यक्षद्वारा पार्टी एकता जोगाउन आग्रह

वैशाख २४,कास्की ।नेकपा(एमाले) गण्डकी प्रदेश अन्तर्गतका ११ जना जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउनु भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

नेकपा (एमाले) गतिशिल पार्टी र नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै पार्टीभित्र लामो समदेखि देखिएको अन्तरसंघर्षले पार्टीलाई क्षती पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेयितालाई आत्मसात गर्दै जिल्ला अध्यक्षहरुले पार्टीलाई बचाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal