स्याङ्जा बैशाख २४ । स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्युु भएकोले अर्को सूचना जारी नभए सम्मको लगि वडा नम्बर ५ मा अवस्थित बेल्टारी गाउँ नै पूर्णरूपमा सिल गरिएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
ठूलो सङ्ख्यामा अन्य संक्रमितहरु हुन सक्ने र संक्रमणको जोखिम उच्च रहेकोले वडा नम्बर ५ को बेल्टारी क्षेत्रको पूर्वमा इरेखोला , दक्षिणमा कालीगण्डकी नदि , उत्तरमा जैपते र पश्चिममा बास्टारी क्षेत्रलाई सिल गरिएको समेत प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनुभयो।
सो क्षेत्रमा लक्षण सहितका र संक्रमित मृतक संगको सम्पर्कमा आएकाहरुको एन्टिजेन परिक्षणको तयारी गरिएको पालिकाले जनाएको छ।